Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटीका पहिरो पीडितलाई एक लाख ८० हजार नगद राहत वितरण

अछाम । अछामको चौरपाटी गाउँपालिकाका पहिरोपीडित १० परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

जिल्ला विपद कोषबाट ६ घरलाई २० हजार रुपैयाँका दरले र चार परिवारलाई १५ हजार रुपैयाँका दरले नगद राहत प्रदान गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदका अनुसार वडा नम्बर २ र वडा नम्बर ६ का पहिरोपीडित परिवारलाई नगदस्वरुप राहत दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल र अध्यक्ष साउँदले नगद राहत हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाको वडा नम्बर ६ दुनीको सेलपाखामा बस्ती माथिबाट पहिरो जाँदा ९ घर परिवार विस्थापित भएका थिए । उनीहरुलाई दुई हप्तादेखि स्वास्थ्य इकाईको भवनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077