Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

साताको अन्तिम कारोबार दिन ५४ अंकले बढ्यो नेप्से, १५ अर्ब ५४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ५४.६६ अंकले बढेको छ।

नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा बन्द भएको हो । बिहीबार कारोबार रकम गत ३५ महिनायताकै उच्च रहेको छ।

आज १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यसअघि गत २०७८ भदौ १३ गते १५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो।

आजको कारोबार त्यसयताकै उच्च हो। बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको हो।

कुमारी सबल योजनाको मूल्य सर्वाधिक ५.७६ प्रतिशतले घटेको छ। उक्त योजनाको मूल्य ९ रूपैयाँ ३३ पैसा कायम भएको छ।

यस्तै, सिन्धु विकास बैंक्को मूल्य ४.५७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५०१ रूपैयाँ कायम भएको छ।

बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९९७ रूपैयाँ ८० पैसामा ४२ करोड ४६ लाखको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077