Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार छिरेपछि देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पाएको बताएका छन् ।

रास्वपाको नीति मन्थन अन्तरक्रियालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले भने, ' पहिले भागबन्डा लुकेर गर्थे, अब खुल्लमखुल्ला हुन्छ। पुरानाले गरेनन् भनेर हामी धमाका दिनुपर्छ भनेर आएका होइनौँ र रु नराम्रो केही गरिएको होइन तर, अपेक्षा यतिठूलो भयो कि तर सरकारमा चाहिँ किन गएको भनेर गाली खान्छौँ हामी। सिंहदरबार कसरी चलाउने भन्ने जान्नको लागि जानु नै थियो। जति गाली खाए पनि सरकारमा जानु नै थियो। अघिल्लो पटक एक महिना बस्यौँ अहिले चार महिना बसेपछि धेरै कुरा जानेका छौँ। देश कसले चलाएको रहेका भन्ने राम्रोसँग थाहा पाएका छौँ।'

सभापति लामिछानेले आफूहरू घण्टी बजाउँदै आएपछि दुई ठूला पार्टीले टु पार्टी सिस्टममा देशलाई लैजान कांग्रेस एमाले मिलेर सरकार बनेको दाबी गरे।

कांग्रेस एमालेले पहिले भागबन्डा लुकेर गर्ने गरे पनि अब खुल्लमखुल्ला गर्ने गरेको सभापति लामिछानेले टिप्पणी गरे। पुराना राजनीतिक दलहरूसँग सँगै उभिँदाखेरि गल्ती नगरे पनि गाली खानुपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077