Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने - ट्रम्प सत्तामा आए काम गर्न गाह्रो हुन्छ

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने बताएका छन्।

तर चुनावपछि अमेरिकाको जिम्मेवारी जोसुकैको हातमा गए पनि आफू काम गर्न तयार रहेको जेलेन्स्कीले बताएका हुन् ।

केही दिनअघि ट्रम्पले ओहायोका सिनेटर जेडी भेन्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए । युक्रेनमा जेसुकै होस् वास्ता नहुने भनेर ३९ वर्षीय जेडी भेन्सले यसअघि नै बताइसकेका छन् ।

भेन्स युक्रेनलाई युद्धका लागि आर्थिक सहयोग जुटाइदिने विरुद्धमा छन् ।

अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी भए भने अमेरिकाको युक्रेन नीति परिवर्तन हुने आशंका बढेको छ ।

युक्रेनमा के भइरहेको छ भन्ने उनीहरूलाई थाहा छैन। त्यसैले अमेरिकासँग मिलेर काम गर्नुपर्ने जेलेन्स्कील भनाई छ । जेलेन्स्की हाल बेलायत भ्रमणमा छन् ।

उनले बिहीबार सम्बोधन पनि गरेका थिए । जेलेन्स्कीले यसअघि बेलायती प्रधानमन्त्री कीर स्टर्मरलाई पनि भेटेका छन् । स्टर्मरले सम्भव भएसम्म युक्रेनको साथ रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077