Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतको पश्चिम चम्पारणमा भेटियो सिमलताल दुर्घटनाका थप दुई यात्रुको शव

काठमाडौं । चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका थप दुई जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ ।

भारतीय सशस्त्र सीमा बल एसएसबीको टोलीले ती दुई शवहरु भारतको पश्चिम चम्पारण बगाहामामा फेला पारेको हो । शवको पहिचान भने भइसकेको छैन ।

सशस्त्र प्रहरी बलकाअनुसार चितवनको सिमलतालस्थित भेलबाढीले दुइ वटा बस बगाएर ६५ जना बेपत्ता भएको घटनामा अहिलेसम्म २३ जनाको शव भेटिएको छ।

अहिलेसम्म फेला परेको २३ वटा शवमध्ये जम्मा १४ वटा शवको सनाखत भएको छ। ८ जना पुरूष र एक जना महिलाको भने सनाखत हुन बाँकी छ।

लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077