Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माइक्रोसफ्टको सर्भर डाउन, एयरलाइन्सलगायतका कम्पनी प्रभावित

एजेन्सी । माइक्रोसफ्टको सर्भर डाउन भएपछि विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ ।

माइक्रोसफ्टको सर्भरमा समस्या आएका कारण विभिन्न मुलुकमा वायुसेवा, बैंक तथा न्यूज प्रसारण प्रक्रियासमेत प्रभावित भएको हो ।

माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ। सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका विमानको उडान बन्द भएको छ ।

बेलायतमा रेल कम्पनीहरूको सञ्चालन रोकिने सम्भावना रहेको जनाइएको छ। एउटा ठूलो ट्रेन कम्पनीले धेरै मात्रामा आईटी समस्या आएकोले ट्रेन सञ्चालनमा असर गर्न सक्ने बताइएको छ ।

आइटी प्रणाली बन्द भएकाले बर्लिन एयरपोर्टमा चेक-इनमा समस्या आएको छ। आईटी समस्याहरू स्पेनका सबै एयरपोर्टहरूमा सुरु भएको रिपोर्ट गरिएको छ।

बेलायतमा स्काई न्यूज च्यानल बन्द भएको छ। अष्ट्रेलियामा दूरसञ्चार समूह टेलस्ट्राको सेवामा बाधा उत्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077