Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले भन्यो – बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छन्

काठमाडौं । सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उनीहरूको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो ।

अहिलेसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकाको नेपाली राजदूतावाससमेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थी सुरक्षित रहेको तथा थप सहजताका लागि निरन्तर प्रयास भइरहेको बताइएको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवम् आफन्तले ढाकाको नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।

बङ्गलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीसँग सम्पर्क भने केही असहज भएको छ ।

सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा केही दिनदेखिको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बङ्गलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077