Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा स्थानीयले जलाए मेयर बालेनको पुत्ला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको आज साँझ पुत्ला दहन भएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् ।

आज उनीहरूले दिनभर सो क्षेत्रमा प्रदर्शन पनि गरेका थिए । महानगरपालिका २२ का वडाध्यक्ष चिनकाजी श्रेष्ठको नेतृत्वमा न्युरोडको फुटपाथ निर्माण कार्यमा अवरोध भएको हो ।

फुटपाथ सडकलाई पैदलयात्री मैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो ।

महानगरले फुटपाथ विस्तारका लागि न्युरोडको कालोपत्र काटेपछि सडक डिभिजन काठमाडौंले आफ्नो क्षेत्राधिकार भन्दै अवरोध जनाएको थियो। महानगरले उच्च अदालत पाटनमा फुटपाथ विस्तार गर्न पाउँ भन्दै रिट दायर गरेको थियो।

आफ्नो पक्षमा फैसला आएपछि महानगरले फुटपाथको कामलाई अघि बढाएको हो। तर, व्यापारी र स्थानीयहरू पनि न्युरोडमा फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077