Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबर, शाहिन र रिजवानलाई पाकिस्तानले दिएन ग्लोबल टी–२० खेल्न अनुमति

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्डले क्रिकेटर बाबर आजम, शाहिन अफ्रिदी र मोहम्मद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी–२० खेल्न अनुमति दिन अस्वीकार गरेको छ ।

तीन खेलाडी र चयन समितिसँग परामर्शपछि बोर्डले एनओसी दिन् अस्वीकार गरेको हो । पीसीबीले गत हप्ता हन्ड्रेड खेल्न नसिम शाहको एनओसी पनि अस्वीकार गरेको थियो ।

बाबर र रिजवान भ्यानकुभर नाइट्स र शाहिन टोरोन्टो नेशनल्समा आवद्ध भएका थिए । उक्त लिगमा नेपालका ३ खेलाडी पनि अनुबन्ध भएका छन् ।

दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित पौडेल टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् । जुलाई २५ देखि अगस्ट २१ सम्म टी–२० लिग हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077