Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन्।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।

यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका हुन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे गत आम निर्वाचनमा सिन्धुली-१ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077