Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रितिनिधि सभा बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077