Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यमनमा इजरायलको हवाइ आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी । राजधानी तेल अभिवमा ड्रोन आक्रमण भएपछि इजरायलले यमनमा हवाइ आक्रमण गरेको छ ।

हुथी विद्रोही समूहलाई लक्षित गर्दै इजरायलले हवाइ आक्रमण गरेको हो ।

यो आक्रमणमा ३ जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी घाइते भएका छन् । इजरायली आक्रमणपछि एक इन्धन डिपोमा भिषण आगलागी भएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा ठूलो आगलागी भएको र आगो फैलिँदै गएको देखिएको छ ।

इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले उक्त आक्रमणपछि अब हुथी समूहले आक्रणको मूल्य बुझ्नुपर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077