Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - सबैले सुन्ने गरी भन्न चाहन्छौं, हामी भ्रष्टाचार सहन्नौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधिसभामा आइतबा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताए ।

प्रधानमन्त्री ओलीले भने,‘दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं। भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं। भ्रष्टाचार र अख्तियारको दुरूपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ। यसमा ढुक्क भए हुन्छ।’

प्रधानमन्त्री ओलीले देशको बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि बनेको बताए।

उनले अहिले विकास निर्माणको पनि भद्रगोल रहेको बताए। देशप्रति जनताको जुटेको भरोसा जोड्नको लागि नयाँ सरकार बनेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077