Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

साताको पहिलो कारोबार दिन ६१ अंकले बढ्यो नेप्से , कारोबार १५ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ६१.६१ अंकले बढेको छ।

नेप्से २.५४ प्रतिशतले बढेर २४८५.९४ विन्दुमा बन्द भएको हो । आइतबार १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३१५ वटा धितोपत्रको चार करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच भएको हो।

आइतबार १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्तको मूल्य १० प्रतिशतका दरले बढेको छ भने हिमालयन बैंकको सेयर मूल्य ९.९९ प्रतिशत र गणपति लघुवित्तको मूल्य ९.९८ प्रतिशत बढेको हो।

सिक्लेस हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य ८७४ रूपैयाँ ८० पैसा कायम भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६३८ रूपैयाँमा ३० करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077