Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपा सभापति लामिछानेले भने - जहाँ हामीले प्रश्न उठायौँ, त्यहाँ पुरस्कार पाएर मन्त्री बने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतका सरकारले बिभिन्न काण्डहरुमा जोडिएका मानिसलाई मन्त्री बनाएर पुरस्कृत गरिएको आरोप लगाएका छन्।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि प्रतिनिधिसभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

कांग्रेसका मन्त्रीहरुतर्फ संकेत गर्दै सभापति लामिछानेले भने, ‘बाँसबारी छालाजुत्ताको विषयको अनुसन्धान चलिरहँदा गीतको आवाज आयो बालकोटबाट, त्यहाँ हामीलाई शंका भयो । नक्कली भुटानी शरणार्थी शिविरमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो देशलाई राम्रोसँग थाहा छ। हामीले बालमन्दिरको विषय उठायौं, त्यहाँ पनि पुरस्कार । स्काउटको विषय हामीले उठायौं, फेरि मन्त्रिमण्डल हे¥यौं । जहाँजहाँ हामीले विषय उठायौं, त्यहाँ त्यहाँ पुरस्कार पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’

उनले नक्कली भुटानी शरणार्थी, स्काउटको जग्गा भाडा प्रकरणसँग जोडिएका मानिसले पनि मन्त्री पुरस्कार पाएको बताए।

मन्त्रिपरिषद् गठनमा पनि आफूहरुले जजसको विषय उठाएको थियो, उनीहरुलाई पुरस्कार दिएको देखिएको बताए ।

यद्यपि प्रधानमन्त्री ओलीले संसदमा प्रतिवद्धता व्यक्त गरेअनुसार भए गुण र दोषका आधारमा प्रतिपक्षमा बस्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077