Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलक्षित माधवको कटाक्ष - अर्कालाई लात्तीले हिर्काएर आफू स्वर्गतिर लागे !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्वर्ग र नर्क सँगै जाने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले एक जनालाई धोका दिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै अध्यक्ष नेपालले कटाक्ष गरे ।

अध्यक्ष नेपालले भने, ‘पाँच वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो । तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्‍यायो ।’

नेपालले एमाले अध्यक्ष ओली आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्क पठाएको टिप्पणी गरे।

ओलीले यसरी बचन दिएपनि कूटनीतिक र राजनीतिक हिसाबले समेत उचित नहुने गरी समीकरण तोडिएको अध्यक्ष नेपालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077