Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोहना नदीमा अलपत्र परेका २५ जनाको उद्धार

कैलाली । आइतबार बर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का बासिन्दाहरू नदी पार गरी घाँस काट्न गएकोमा सो नदीमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

उनीहरू नदीपारि अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट फुलबारीबाट खटिएको सुरक्षा फौजले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077