Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्राफिक प्रहरीले एक वर्षमा संकलन गर्‍यो एक अर्ब ७५ करोड राजस्व

काठमाडौँ । ट्राफिक प्रहरीले एक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख राजस्व उठाएको छ ।

प्रहरी मुख्यालयका आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार २०८० साउनपछिको एक वर्षमा ट्राफिक जरिवानाबाट १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले १ अर्ब ८८ करोड १४ लाख सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७९–०८० को तुलनामा ट्राफिक जरिवाना बापत सङ्कलन गरिने राजस्व रकम घटेको छ ।

विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077