Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछामको जंगलमा बेवारिसे पुरुषको शव फेला

अछाम । अछाममा खप्तड राष्ट्रिय निकुञ्जको जंगलभित्र बेवारिसे शव फेला परेको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १४ नरिसरा ठुलो ढुङ्गास्थित खप्तड राष्ट्रिय निकुञ्जको जंगलमा अन्दाजी ४५ देखि ५० वर्ष उमेरको पुरुषको बेवारिसे शव फेला परेको हो ।

साउन १ गते साँझ करिब ४ बजेतिर उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जय पार्कीले जानकारी दिए ।

मृतकको हुलिया गहुँगोरो, उचाई ५ फिट ८ इन्च, माथिल्लो शरीरमा खैरो रङको भेष्ट, तल्लो शरीरमा कालो बेशमा सेतो धर्का भएको ट्राउजर र कालो रङको कट्टु रहेको बताइएको छ ।

उक्त शवलाई जिल्ला अस्पताल अछामको शव गृहमा राखिएको छ । मृतकलाई चिन्नु हुनेले जिल्ला प्रहरी कार्यालय अछाममा सम्पर्क गर्न आग्रह गरिएको छ । साथै, मृतकका आफन्तलाई पनि जानकारी गराईदिन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077