Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्रमा शर्मालाई ‘क्लिनचिट’ दिने सरकारको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धि कसुर मुद्दामा सरकारले क्लिनचिट दिने भएको छ ।

प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकोमा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरी प्रक्रिया अघि बढाएको छ ।

शर्माले एमबिबिएस अध्ययनका लागि बिहारको बिडिबिकेएस कलेजको नाममा जारी भएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि सिआइबीले दुई साताअघि उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।

तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटन दुवैले शर्मा मुद्दा नचलाउने निर्णय गरी त्यसलाई सदर गर्न महान्यायाधिवक्ताको कार्यालयमा आइतबार फाइल पठाएका छन् ।

सरकारकै दबाबका आधारमा यस्तो प्रक्रिया अघि बढेको सरकारी वकिल कार्यालय स्रोत बताउँछ । हदम्याद लगायतको कारण देखाएर मुद्दा नचलाउने निर्णय गरिएको छ ।

जबकी अन्यको हकमा भने यती नै प्रमाणका आधारमा मुद्दा चल्ने गरेको छ । डा।शर्मा नोबेल मेडिकल कलेजका सञ्चालक हुन् । उनलाई गत वर्ष सिआइबीले पक्राउ समेत गरेकोमा पछि अदालतको आदेशमा छुटेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077