Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री हुने व्यवस्था यस उपधारामा छ ।

उनी नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

आचार्यले सोमबार नै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । उनले ५६ जना सांसदको हस्ताक्षर बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077