Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च अदालत परिसरभित्रै प्रहरीमाथि हातपात, लिंकन ल फर्ममा कार्यरत लुमा पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

अदालत परिसरभित्रै प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक कानुन व्यवसायी(वकिल)लाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी रहेकी छन् ।

उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो।

आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेकी थिइन् ।

उनले महिला प्रहरीलाई आक्रमण गर्न थालेपछि थप सुरक्षाकर्मी पुगेर चौधरीलाई नियन्त्रणमा लिएका थिए । केही समयअघि काठमाडौं जिल्ला अदालतमा यस्तै विवाद भएको थियो ।

जिल्ला अदालतमा कानुन व्यवसायी नानी थापाले सुरक्षामा खटिएका प्रहरीलाई कुटपिट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077