Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुत्केरीको निस्सासिएर मृत्यु, बच्चासहित दुईजना गम्भीर घाइते

जुम्ला । जुम्लाको पातारासी– ६ बाँताकी एक सुत्केरी महिलाको आगो बालेर सुतेको अवस्थामामा निस्सासिएर मृत्यु भएको छ।

सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निस्सासिएर उनको मृत्यु भएको हो।

पातासारी –६ स्थायी ठेगाना भएकी सदरमुकामस्थित कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महतारा निस्सासिएर गम्भीर घाइते भएकी थिइन्।

गम्भीर घाइते महताराको उपचारको क्रममा निधन भएको बताइएको छ । धुवाँमा निस्सासिएर मृतक महताराकी बहिनी जुनमाया रोकया र १२ दिने दूधे बच्चा पनि घाइते छन् । बच्चालाई एनआइसीयूमा राखेर उपचार थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077