Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'प्रहरी हुँ' भन्दै धम्की दिएर रकम माग्ने क्षेत्री पक्राउ

पर्वत । 'आफू प्रहरी हुँ' भन्दै धम्की दिएर रकम माग्ने कास्कीका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ बाटुलेचौरका २१ वर्षीय सुजित क्षेत्री रहेका छन् ।

‘ह्वाट्सएप’ तथा ‘टेलिग्राम’ बाट सम्पर्क गरी विभिन्न व्यक्तिलाई आफू जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी रहेको र कोही कसैको काम परे गरिदिने भन्दै उनले रकम माग्ने गरेको आरोप छ ।

आम सर्वसाधारणसँग रकम माग गर्ने गरेको सूचना थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई कास्कीकै लामाचौरबाट पक्राउ गरेको हो।

पक्राउ परेका सुजितका विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077