Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२८ महिनायताकै उच्च विन्दुमा पुग्यो नेप्से, १४ अर्ब ११ करोडको कारोबार

काठमाडौं । नेप्से परिसूचक करिब २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा अडिएको हो ।

आज नेप्से ७५.३३ अंकले बढेर २४८५.९४ विन्दुमा बन्द भएको छ। यसअघि २०७८ चैत १६ गते २३६८ विन्दुमा नेप्से पुगेको थियो। त्यसयताको आज उच्च विन्दु हो।

सोमबार १३ अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार १४ अर्ब ११ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३१७ वटा धितोपत्रको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङको मूल्य १० प्रतिशतका दरले बढेको छ ।

गणपति लघुवित्तको मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य एक हजार ९३५ रूपैयाँ ३० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077