Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मानव बेचबिखनमा संलग्न युट्युबरसहित तीनजना पक्राउ

काठमाडौं । मानव बेचबिखन अनुसन्धान व्युरोले मानव बेचबिखनमा संलग्न युट्युबरसहित तीनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २० वर्षीय युट्युबर कुशल खरेल, बीरबहादुर सिंतान र सुबिलाल सिंतान रहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई होटलमा वेटरको काम लगाइदिने प्रलोभन देखाएर खरेलले ग्राहकहरूसँग बस्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भक्तपुरको जडिबुटीमा सञ्चालित सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्ट हाउसमा काम लगाइदिने भन्दै खरेलले बालिकाहरूलाई शारीरिक शोषण गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त होटलबाट अस्थायी साधन, प्रेगनेन्सी टेस्ट किट, गर्भ निरोधक औषधिसमेत बरामद गरेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि भक्तपुर प्रहरी परिसरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077