Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सरकारलाई आयोगको निर्देशन - विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्त नगर्नू

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्त नगर्न सरकारलाई निर्देशन दिएको छ ।

आज एक विज्ञप्तिमार्फत आयोगले सामाजिक र नैतिकरूपमा विवादित व्यक्तिलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले विज्ञप्तिमा भनेको छ,'नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा विभिन्न सार्वजनिक निकायका उच्च पदहरूमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानविन प्रक्रियामा रहेका एवम् सामाजिक र नैतिक रुपमा विवादित व्यक्तिहरूलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी आयोगलाई प्राप्त भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।'

आयोगले राज्यका निकायमा नियुक्ति हुने व्यक्तिहरू सामाजिकरूपमा स्वच्छ छवि भएको विवादरहित, उच्च नैतिक चरित्र भएको र कानुनीरूपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077