Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खरिद अनुगमन कार्यालयले सोध्यो १७ निर्माण कम्पनीलाई स्पष्टीकरण

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचना पठाएकामा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएकाले खरिद नियमावलीअनुसार अन्तिम पटक ७ दिने स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।

तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने कार्यालयको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077