Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीविरुद्ध अनेकौं षड्यन्त्र भइरहेका छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्ध अनेकौं किसिमको षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले षड्यन्त्रको मूल्यांकन गरेर सतर्कता अपनाउनुपर्ने बताए । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा पनि नयाँ नयाँ घटना भइरहेको भन्दै त्यसमा पनि आफुहरुले ध्यान दिनुपर्ने बताए ।

हाम्राविरुद्ध अनेकौं किसिमको तानाबाना बुनिँदैछन् भन्ने सुन्नमा आइरहेको अध्यक्ष नेपालले दाबी गरे ।

उनले विभिन्न राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्दै सबै पार्टीबाट सूचनाहरू लिनपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077