Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पार्टीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीविरुद्ध षड्यन्त्र सुरू भएको बताएका छन्।

बिहीबार पार्टी कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले पार्टीवरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्ने सूचना पाएको बताए।

अध्यक्ष नेपालले भने, ‘हाम्रा विरुद्धमा अनेकौं किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ। कति सत्य हो, कति असत्य हो? थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ। लेखेर पनि हुँदा रहेनछ। बोलेर हुँदो रहेनछ। त्यसको थोरै विश्लेषण गर्नुपर्ने रहेछ।’

उनले यसबारे यकिन नभइसके पनि पार्टीविरुद्ध षड्यन्त्र सुरू भएको बताए। अध्यक्ष नेपालले षड्यन्त्रबारे गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077