Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति यादव र पूर्वमन्त्री किरातीबीच बैठकमै चर्काचर्की

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा राजकिशोर यादव र पूर्वपर्यटनमन्त्री सुदन किरातीबीच चर्काचर्की भएको छ ।

सभापति यादवले सांसद किराँतीलाइ विषयवस्तुमा केन्द्रित रहेर बोल्न आग्रह गरेपछि दुबै जनाबीच चर्काचर्की भएको हो ।

बैठकमा सांसद किरातीले १२ मिनेटभन्दा बढी समय बोलिसकेपछि एमसिसीबारे धारणा राख्न थाले।

सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरूमा जान आग्रह गरे।

सभापतिको आग्रहपछि किरातीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए।

किराँतीले चार/चार वटा विषयमा बोल्नुपर्दा लामो भएको र आफूले छोट्याएको समेत बताए ।

किराँतीले नयाँ मन्त्रीसँग चार वटा विषयमा किन छलफल राखेको भन्दै प्रश्न गरे ।

लगत्तै आफू नबोल्ने भन्दै किराँती बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077