Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इजरायली प्रधानमन्त्री नेतान्याहु र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

हाल अमेरिका भ्रमणमा रहेका नेतान्याहुले बाइडेनसँग भेटवार्ता गरेका हुन् । यसअघि नेतान्याहुले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

ह्वाइट हाउसले भेटवार्तामा बाइडेन र नेतन्याहुबीच गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी भएको बताएको छ।

अमेरिकी कंग्रेसलाई सम्बोधन गरेपछि नेतान्याहुले राष्ट्रपति बाइडेनलाई भेटेका थिए।

नेतान्याहुले भाषण गरिरहँदा भवनबाहिर हजारौँ प्यालेस्टिनी समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077