Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मौद्रिक नीति २०८१/०८२ : मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने राष्ट्र बैंकको लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ। आज आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

बजेटले आर्थिक वर्ष २०८१–८२ मा ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित हुने र ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो।

राष्ट्र बैंकको तथ्यांकले गत जेठमा मासिक आधारमा ३४ महिनायताकै न्यून मूल्य वृद्धिदर देखिएको छ।

जेठमा मूल्य वृद्धिदर ४.१७ प्रतिशत देखिएको छ।

वार्षिक आधारमा भने यो वर्ष जेठसम्मको औसत मूल्य वृद्धिदर ५.६२ प्रतिशत छ। राष्ट्र बैंकले वार्षिक मूल्य वृद्धि ६.५ प्रतिशतमा सीमित राख्न लक्ष्य लिएको थियो।

गत आर्थिक वर्षको जेठसम्मको औसत मूल्य वृद्धि दर ७.७७ प्रतिशत रहेको थियो। गत वर्षभरीको मूल्यवृद्धि दर औसतमा ७.७४ प्रतिशत थियो।

रेगुलेटरी रिजर्भ रकमलाई टियर टु क्यापिटलमा गणना गर्न पाउने
बैंक तथा वित्तीय संस्थाले आफ्नो रेगुलेटरी रिजर्भ रकमलाई टियर टु क्यापिटलमा गणना गर्न पाउने भएका छन् ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले टियर टु गणना गर्दा क्यापिटल एडुक्वेसी फ्रेमवर्कको व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई टियर टु क्यापिटलको रुपमा गणना गर्न सकिने व्यवस्था गरेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077