Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाँच महिनादेखि भारतमा बन्धक बनाइएका २८ नेपालीको उद्धार

काठमाडौं। रोजगारीको सिलसिलामा भारतको जम्मु कश्मीर गएपछि पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरको उद्धार गरिएको छ ।

पाँच महिनादेखि बन्धक बनाइएका सिरहाका २१ र धनुषाका ७ जनालाई उद्धार गरी धनुषा ल्याइएको धनुषाका सहाक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले बताए ।

सीडीओ भुसालका अनुसार उनीहरुलाई कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएको उनीहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पहलमा भारतीय स्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्यिा संस्थाको समन्वयमा नेपाल फर्काएको हो ।

बिहीबार साँझ नेपाल फर्काएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचबिखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । शुक्रबार जनकपुरमा परिवार मिलन कार्यक्रम गरी जिम्मा लगाइएको छ ।

मजदुरीका लागि बिचौलियामार्फत भारत पुगेका उनीहरु ५ महिनादेखि पारिवारिक सम्पर्कमा थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077