Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रहेनन् दुर्घटनामा परी घाइते भएका प्रहरी जवान

विराटनगर । गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७ घर भएका सौगात थापा रहेका छन् ।

गत साउन २ गते मुस्लिम समुदायको मुहरम पर्वमा दंगा फैलने आशङ्काले विराटनगरको रानी क्षेत्रमा सुरक्षाबल थप गर्न प्रदेश प्रहरी कार्यालयको टोली जाँदै गर्दा भट्टी मोडमा प्रहरी चढेको गाडी नै दुर्घटनामा परेको थियो ।

सोही क्रममा उनीसहित साढे दुई दर्जनबढी प्रहरी घाइते भएका थिए । थापाको काठमाडौँस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा थापाको बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077