Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अवैध भिओआइपी सञ्चालन गर्ने दुईजना पक्राउ

काठमाडौं । अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास अर्थात् (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् ।

सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077