Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा ६४ जनामा डेंगी संक्रमण

चितवन । चितवनमा ६४ जनामा डेंगीको संक्रमण देखिएको छ । ३०४ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ५१ जना चितवनका हुन् । साउनको ११ गते सम्ममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगीको संक्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए ।

भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगी देखिएको छ । उहाँले भन्नुभयो, “डेंगी संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।” संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए ।

जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार ८३१ जनामा डेंगी संक्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार ८४० जनाको परीक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077