Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतबाट ल्याइएको चुम्बकले खोज्न थालियो त्रिशूलीमा खसेको बस

चितवन । चितवनको भरतपुरस्थित सिमलतालमा खसेको बसको खोजीकार्य जारी रहेको छ।

त्रिशूलीमा बेपत्ता दुई बसको खोजीको लागि भारतबाट आएका खोजी टोलीले आज म्याग्नेट प्रयोग गरेर खोजीको अन्तिम प्रयास थालेको हो ।

यसपटक भारतबाट ल्याइएको ४० किलोको चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू भएको छ।संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ ल्याएको थियो।

चार जना गोताखोरसहित आएका १२ जना भारतको राष्ट्रिय विपद् रेस्पोन्स टीमका टोली सात दिनकोे लागि भनेर खोजी कार्यमा सहयोग गर्न चितवन आएका थिए ।

हिजो शुक्रबार नै उनीहरु खोजीको लागि आएका सात दिनको समय पूरा भइसकेको छ ।यसअघि सोनार क्यामेरा, चुम्बक र अन्य उपकरण प्रयोग गरी बसको खोजी भएको थियो तर अहिलेसम्म भेटिएको छैन।

असार २८ गते नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077