Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपालका कम्युनिस्टहरुले आफ्नो सिद्धान्त र नीति बिर्सिए : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन नसकेको बताएका छन्।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित प्रवचन गोष्ठीमा धारणा राख्दै नेता रावलले यस्तो बताएका हुन् ।

उनले विपरीत सिद्धान्त भएका दलहरू मिलेर चुनाव लडेको देख्दा आफूलाई आश्चर्य लागेको बताए।

नेता रावलले भने, ‘एउटा दलले एउटा चिन्ह लिएर जिन्दाबाद भन्छ, त्यसको सिद्धान्त के छ कम्युनिस्टलाई सिद्ध्याउने । अर्को दल कम्युनिस्ट पार्टी भन्छ, त्यो सिद्ध्याउन चाहनेलाई जिन्दाबाद भन्दै मत दिइरहेको हुन्छ । कति आश्चर्य छ । मैले देखेँ नेकपा एमाले जिन्दाबाद भोट केमा हलोमा रु नेपाली कांग्रेस जिन्दाबाद भोट केमा कलममा रु मैले बुझ्न सकिनँ यो राजनीति ।’

कम्युनिस्ट पार्टीलाई सिद्ध्याउनेसँग मिलेर समाजवाद नआउने उनले जिकिर गरे। पुष्पलालले नेपालको स्वाधीनताको पक्षमा उभिएको स्मरण गर्दै आजको नेताहरू विदेशीसामु लम्पसार भएको जिकिर गरे ।

तर, पुष्पलालले आफूहरू स्वतन्त्र देश नेपालका मानिस भएको र देशको आन्दोलनले छुट्टै विशिष्टताको बाटोमा अघि बढ्नुपर्छ भनेको नेता रावलले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077