Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शरीर जता भएपनि कांग्रेस सभापति देउवाको मन हामीसँगै छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा आत्तिएर आफ्नो कार्यक्रममा नआएको बताएका छन् ।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्षनेपालले भने, ‘शेरबहादुरजी आत्तिनुभएको होला, यहाँ आयो भने केपी ओलीले नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला । हामी बुझ्दछौं सबै कुरा । यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ । उहाँ आउन पाए पनि नपाए पनि भावना हामीसँग छ भन्ने ठानेका छौं । शरीर त्यही छ, मन यता पनि छ ।’

उनले केपी शर्मा ओलीले नराम्रो सोच्नसक्ने भएकाले देउवा नआएको बताए ।

उनले संविधान संशोधन गर्ने विषय लुकेर गर्ने कुरा नभएको उल्लेख गर्दै विचार गरेर अघि बढ्न देउवालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077