Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणका दोषीहरु उम्किनु हुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारसँग गिरीबन्धु टी स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाउन माग गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै महामन्त्री शर्माले भने,‘गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि इमान्दार अनुसन्धान सुरू हुनुपर्छ । त्यो अनुसन्धानले हामी आफैमाथि प्रश्न गर्दैगर्दा छानबिनको दायरामा उभिनका लागि तयार हुनुपर्छ।’

महामन्त्री शर्माले अरूमाथि अनुसन्धान माग गर्न सजिलो हुने तर आफूमाथि अनुसन्धान माग गर्न गाह्रो हुने पनि बताए।

गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने कांग्रेसलाई नै बदनाम गर्ने गरी एउटा आरोप लागेको उनले बताए ।

महामन्त्री शर्माले भने, ‘यो आरोपको छानबिन गरियोस्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि निर्दोष फस्न हुँदैन, दोषी उम्कन हुँदैन।’

महामन्त्री शर्माले नयाँ गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारविरूद्धको अनुसन्धानमा चार चरित्र मूल मन्त्र बनाउन पनि आग्रह गरे।

हस्तक्षेपमुक्त अनुसन्धान, स्टन्टमुक्त अनुसन्धान, अनुग्रहमुक्त अनुसन्धान र पूर्वाग्रहमुक्त अनुसन्धान गर्न महामन्त्री शर्माले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077