Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रिक्त रहेको कृषि समितिको सभापतिका लागि मंगलबार निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

सभामुख देवराज घिमिरेको निर्देशनमा संसद सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सो पदमा नेपाली कांग्रेसले उम्मेदवार पठाउनेछ। मंगलबार ४ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता हुने र ४:३० बजेबाट निर्णयार्थ प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।

यस अगाडि दलहरुबीचको सहमतिका आधारमा विषयगत समितिका सभापति चयन भएको हो।

आइतबार बसेको सदनको बैठकमा उपसभामुख इन्दिरा रानाले साउन १५ गते सो पदमा चुनाव चुने र त्यसका लागि आजै कार्यसूची प्रकाशित हुने जानकारी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077