Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निलम्बित मुख्यसचिव अर्यालसँग विशेष अदालतले माग्यो ५० हजार धरौटी

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई धरौटी माग गर्ने आदेश गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो ।

थुनछेक प्रयोजनका निम्ति आइतबार उपस्थित हुने निवेदन साथ विशेष अदालत पुगेका अर्यालको बयान साकिएपछि भएको थुनछेक सुनुवाइमा ५० हजार धरौटी मागिएको विशेष अदालतले जनाएको छ ।

सरकारी वकिल कार्यालयका वकिलले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका थिए ।

अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

अन्तःशुल्क स्टिकर छपाइ गर्दा ६ करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार भएको आयोगको दाबी छ ।

तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077