Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपनेता चयन गर्न देउवालाई आग्रह गर्दै शशांकले भने - मलाई जिम्मेवारी दिए स्वीकार्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । पार्टीका पूर्वमहामन्त्री समेत रहेका कोइरालाले सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

“किन बनाउनु भएन, केही कारण होला उहाँको मनमा । तर, उपनेता त उहाँले चयन गर्नुपर्ने हो,”उनले भने, “मलाई पनि लाग्छ, उपनेता बनाउनुपर्छ ।''

उनले आफूलाई उक्त जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताए । पार्टीका सिनियर नेतामध्येबाट संसदीय दलको उपनेता बनाइनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077