Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपाली नागरिकको गोली हानी हत्या भएको छ ।

नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको लुटेराको समूहले आइतबार टेक्ससमा गोली हानेर हत्या गरेको हो ।

३० वर्षीय वली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत थिए।

लुटेराहरूले ग्याँस स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077