Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जन्ममिति विवादमा तानिएका सिग्देलविरुद्ध सर्वोच्चमा फेरी अर्को निवेदन, के होला भोली ?

काठमाडौं । सर्वोच्च अदालले नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकता विवादसम्बन्धी रिट दरपीठ गरेपछि युवराज सफलले पुनः अर्को निवेदन हालेका छन् ।

रिट दरपीठविरुद्ध सफलले आज सर्वोच्च अदालतमा निवेदन हालेका हुन् । यद्यपी सर्वोच्चले मंगलबार मात्रै उक्त रिट दर्ता गर्ने या नगर्ने निर्णय दिने भएको छ ।

भावी प्रधानसेनापतिमा करिब निश्चित भइसकेका जर्नेल सिग्देलविरुद्ध सिन्धुलीका युवराज सफलले सर्वोच्च अदालत लगेको रिट दरपीठ भएपछि अर्को निवेदन हालेका हुन् ।

नागरिकता किर्ते आरोप लागेका सिग्देललाई भविष्यमा प्रधानसेनापति हुनबाट रोक लगाउन माग गरिएको निवेदन सर्वोच्च प्रशासनले आइतबार दरपीठ गरिदिएपछि सोमबार अर्को निवेदन परेको हो ।

सफलले दायर गरेको रिटमा आगामी साउन २० गतेभित्र उमेर एकिन हुन नसकेमा उनलाई प्रधानसेनापति वा कायममुकायम प्रधानसेनापति नियुक्त नगर्नू भनी मन्त्रिपरिषद कार्यालयको नाममा परमादेश जारी गर्न माग गरिएको छ ।

[insert page='294399' display='yopanipadhnuhos.php']

सिग्देलको उमेर २०७९ साउन २८ गते नै ५८ वर्ष पुगिसकेको जिकिर गर्दै सफलले रथीमा गरिएको बढुवामासमेत प्रश्न उठाएका छन् ।

उनको नियुक्तिसम्बन्धी भए गरेका सम्पूर्ण निर्णय, पत्राचार, सिफारिस एवम् अन्य कार्यहरू उत्प्रेषणको आदेशले बदर गर्न र यदि त्यस्तो निर्णय नभएको भए गर्नबाट रोक लगाउन पनि रिटमा मागिएको छ ।

सिग्देलको सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचय पत्र र एसएलसीको प्रमाणपत्रमा एकथरी र नागरिकतामा अर्कै जन्ममिति रहेको दाबी रिटमा गरिएको छ ।

सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचापत्र र शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति २०२३ माघ १९ गते उल्लेख छ भने जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट २०४० साउन २९ गते लिएको नागरिकताको प्रमाणपत्रमा १७ वर्ष पूरा भएको उल्लेख गरिएको छ ।

रुपन्देहीबाट नागरिकताको प्रतिलिपि लिँदा सिग्देलको जन्ममिति फरक रहेको रिटमा जिकिर गरिएको छ । सुपिङ क्याम्पस र त्रिभुवन विश्वविद्यालयको रेकर्डमा रहेको सिन्देलको जन्ममितिमा पनि २०२१ चैत १९ गतेलाई केरमेट गरी २०२३ माघ १९ गते बनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रथी सिग्देल र रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको रिटलाई अग्राधिकार प्रदान गरि सुनुवाइको मिति तोक्नसमेत माग गरिएको छ । युवराजले रिट निवेदनसँगै सिग्देलको उमेर विवादसम्बन्धी विभिन्न प्रमाण पनि पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077