Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

छुरा प्रहारबाट जापानमा तीन जनाको मृत्यु

एजेन्सी । जापानको शिजुओका प्रान्तमा छुरा प्रहारबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

प्रहरीलाई किकुगावा शहरको आवासीय क्षेत्रमा रहेको एक घरमा एक व्यक्ति अस्वभाविकरूपमा दौडिरहेको सूचना प्राप्त भएको थियो।

प्रहरी अधिकारीहरू उक्त घरमा पुग्दा ८७ वर्षीय शोइची शिबुया, उनकी श्रीमती ८१ वर्षीया इकुको र उनीहरूकी ५२ वर्षीया छोरी रुमिको छुरा प्रहारबाट घाइते भएको अवस्थामा फेला परेका थिए।

उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकका नातेदार मानिएका २० वर्षीय एक व्यक्ति फरार रहेको र हत्याको आशङ्कामा उक्त व्यक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

शिजुओका प्रिफेक्चुरल प्रहरीका अनुसार घटनास्थलमा एउटा चक्कु फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077