Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी हुन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णयहरू

काठमाडौं । सरकारले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ ।

चार दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५’ को दफा १५ को उपदफा २ बमोजिम १५ जिल्लाका २ लाख ७१ हजार ६४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको हो ।

१५ जिल्लामा ओखलढुंगा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोक रहेको सूचनान्त्री गुरुङले बताए ।

त्यस्तै, सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शून्य दशवल ९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077