Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुटपिट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

धनुषा । धनुषामा एक जनाको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

धनुषाधाम नगरपालिका–२, मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखिया रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा पठाइएको छ । साथै कुटपिटबाट घाइते भएकी श्यामुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077