Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ट्याक्टरको ठक्करबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर । ट्याक्टरको ठक्करबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका– ३ स्थित भासीमा म १ त १०१७ नं को ट्याक्टरले साईकलमा सवार पार्बती भट्टलाई ठक्कर दिएको थियो।

भीमदत्त नगरपालिका– ३ बस्ने ३८ वर्षीय समिरकुमार सिंहले चलाएको उक्त ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी भट्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भट्टलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077